Skip to content

बोलपत्र आवहान सम्बन्धी सूचना

मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघेसकराती २०८० यहि पौष २९ र माघ १ गरि दुई दिन टुडिखेलमा आयोजना हुँदैछ । उक्त कार्यक्रम ब्यबस्थापन तथा सम्पन्न गर्नका लागि तपशिल बमोजिमका आवश्यक सामाग्रीहरु संस्थाको आन्तरिक नियम बमोजिम सार्वजनिक बोलपत्र आवह्वान गर्नु पर्ने भएको हुनाले नेपाल मगर संघ केन्द्रीय कार्यालय कलङ्की काठमाडौंमा यो सूचना प्रकाशन भएको मितिले ४ दिन भित्र अर्थात २०८० पौष १४ गते अपरान्ह १ बजे अगावै पेश गर्ने गरि यस बोलपत्र आवह्वानको सूचना जारी गरिएको छ । नेपाल सरकारमा दर्ता भएका ईच्छुक ब्यबसायिक कम्पनीहरुले तपशिल बमोजिमको सामाग्रीहरुको भ्याट सहितको दर/मूल्य तोकी बन्द खाम भित्र राखी निर्धारित मिति भित्र रु. ५००/- दर्ता दस्तुर तिरी बुझाउनु पर्नेछ । सहभागी सबै कम्पनीको प्रतिनिधीहरुको उपस्थितिमा बन्द बोलपत्र खोलिने छ र सबै भन्दा कम मूल्य, प्रभावकारी तथा गुणस्तरीय सामाग्रीको बोलपत्र छनौट गरि संस्था र सम्बन्धित कम्पनीको बिचमा सम्झौता गरि काम गरिनेछ । यदि दुई वा सो भन्दा बढी कम्पनीहरुको मुल्य र सामाग्रीहरुको गुणस्तर समान देखिन गएमा संघको केन्द्रीय कार्यालयको निर्णय अन्तिम हुनेछ ।
आवश्यक सामाग्रीहरु :
१) स्टेज १८ फिट चौडाई र ३६ फिट लम्बाई भएको २ वटा (एक ५ फिट र अर्को ४ फिट उचाई)
२) साउण्ड सिस्टम (लाईनरी १२ वटा सहित) टुडिखेल कभर गर्ने
३) बैंक्वैट चियर (स्टेजमा राख्ने) ५० वटा
४) नयाँ सोफासेट (दुई सेट)
५) टी टेवल ३ थान
६) पोडियाम २ थान
७) जेनेरेटर (ठूलो १ थान)
८) स्टल टेन्ट १५x१५ (१०x१५) १०० वटा
९) स्टेज पछाडी चेन्जिङ रुम
१०) ध्वाङ माईक १० वटा
११) बिच बिचमा पोल राखेर ( थ्रीफेज लाइन तार सहित) बत्ती
१२) हरेक स्टलमा १/१ वटा बत्ती
१३) ईन्ट्री मूल गेट १ थान
१४) स्टेज अगाडी बेरिकेट (लाईनिङ/बार)
१५) अस्थायी शौचालय २/२ कोठाको २ वटा (महिला तथा पुरुष)
May be an image of ticket stub and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *