Skip to content

कंचनपुरको १७औं जिल्ला अधिवेशन सम्पन्न, पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन

नेपाल मगर संघ, कंचनपुरको १७औं जिल्ला अधिवेशन संघका केन्द्रीय सदस्य ज्ञानबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संघका दिलबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनले पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन गरेकोछ ।

संघको १२औं राष्ट्रिय महाधिवेशनले दिइएको म्याण्डेट मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणमा नेपाल मगर संघ लागि परेको भन्दै यतिबेला मगरात सभ्यताको आधारहरुलाई पहिचान गर्दै लिपीबद्ध गरेर ऐतिहासिक दस्तावेज तयार गर्ने काममा जुटिरहेको केन्द्रीय सदस्य घर्तीमगरले बताए ।

सामाजिक, आर्थिक र राजनैतिकरुपले समृद्ध भएपछिमात्र मगर समाज समृद्ध हुने भएकोले सामाजिक विकास अन्तर्गत मगर जातिका मूर्त/अमूर्त संस्कृतिहरु, भाषासाहित्यहरुको संरक्षण–सम्बद्र्धन र पुस्तान्तरणमा जोड दिनुपर्ने, आर्थिक समृद्धिका लागि विभिन्न पेशा व्यावसायहरु शुरु गर्नुपर्ने र समालोचनात्मक कुटिलता सहितको कुशल राजनैतिज्ञ बनेर समृद्ध मगर समाजसँगै राष्ट्रलाई नै समृद्ध देश बनाउन मगरहरु एकजुट हुनुपर्ने बताए ।

मगर जातिको थर–उपथरहरुलाई सूचिकरण गर्ने, मगर जातिको संस्कृतिहरुलाई राष्ट्रिय मान्यता दिलाउन र राज्यमा सूचिकरण गराउन संस्कृति मन्त्रालयसँग साँझेदारी संस्थाको रुपमा काम गर्न संघलाई संस्कृति मन्त्रालयमा सूचिकृत गरिसकिएको भन्दै अब छिट्टै संस्कृति सूचिकरण सम्बन्धी कार्यशाला गोष्ठि गरिने बताए ।

प्रत्येक मगर बस्तिहरुमा मगर भाषा–संस्कृति पाठशाला शुरुवात गरी दक्ष जनशक्ति मगर उत्पादन गर्ने, राज्यका हरेक निकायहरुमा मगरहरुको अर्थपूर्ण सहभागिता गराउन निशुल्क तालिम, सेमिनार, गोष्ठि जस्ता कार्यक्रमहरु निरन्तर सोही पाठशालाबाटै गराउने र यसको व्यवस्थापनका लागि संघले शुरुवात गरको मगर कल्याणकारी कोषमा आबद्ध हुन अपिल गर्दै सदस्यता ईन्ट्री गर्ने संघको सफ्टवेयर फागुन १५, स्थापनापना दिवसदिनबाट देशैभरी एकसाथ शुरु गर्ने बताए ।

कार्यक्रममा नेपाल मगर संघका पूर्व महासविच विरबहादुर बुढाथोकीमगर, पूर्व उपाध्यक्ष नरविर पुनमगर, सुदुरपश्चिम प्रदेशका अध्यक्ष कमल थापामगर, पूर्व केन्द्रीय पदम बहादुर थापामगर, निवर्तमान प्रदेश बरिष्ठ उपाध्यक्ष किर्ती थापामगर, नेपाल मगर महिला संघका केन्द्रीय सदस्य गंगा थापामगर लगायत अन्य संघसंस्थाका प्रतिनिधिकरु सहितको उपस्थिति रहेको थियो ।

नेपाल मगर संघ, कंचनपुरको १७औं जिल्ला अधिवेशको बन्दसत्रबाट पुनम थापामगरको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मातरुपमा चयन गरेको छ ।
अध्यक्ष : पुनम थापा मगर
उपाध्यक्ष : केशव राना मगर
सचिब : सन्जय सारु मगर
सह सचिब: राम चन्द्र थापा मगर
कोषअध्यक्ष: नरेन्द्र राना मगर
सदस्यहरू :
नरेश थापा मगर
किशन बहादुर मगर
पबित्रा रोका मगर
लेख बहादुर राना मगर
देबु थापा मगर
तुल बहादुर थापा मगर
मनमाया थापा मगर
खडक रोका मगर
तिल बहादुर रेगामी मगर
मनोज थापा मगर

       

Leave a Reply

Your email address will not be published. Required fields are marked *