नेपालका प्रथम सहिद लखन थापामगरको १४६औं स्मृति दिवस नेपाल मगर संघका मातहतका विभिन्न समितिहरु, भ्रातृ संगठनहरु, आबद्ध संस्थाहरुले विश्वब्यापीरुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकाछन् । नेपाली जनता माथी जर्बजस्त थोपरिएको क्रुर एवं निरंकुश जहाँनिया राणा शासनको अन्त्य गरि नेपाली जनताको मुक्तिका लागि र जनताको शासन व्यवस्था (हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र) स्थापनाका लागि महान सुत्रधार, तत्कालिन राणा शासक जंगबहादुर राणाद्वारा महान सपुत लखन थापामगरलाई गोर्खाको काहुलेमा खिर्राको बोटमा झुण्डाईएर हत्या गरिएको थियो ।
नेपाल मगर संघ केन्द्रीय समिति, काठमाडौं
नेपाल मगर संघ केन्द्रीय समितिले संघका पूर्व पदाधिकारी सदस्यहरु, भ्रातृ संस्थाका पदाधिकारी सदस्यहरु र विभिन्न आबद्ध संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा केन्द्रीय कार्यालयमा रहेको लखन थापामगरको शालिकमा दिपप्रज्वलन र माल्र्यापण गरी मुलघर कलंकीमा १४६ स्मृति दिवस मनाएको छ ।

प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानका संस्थापक महासचिव, शोधकर्ता जीवन आलेमगरले लखन थापाको जीवनी र बलिदानीपूर्ण सघर्षका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका सल्लाहकार कृष्ण थापामगर, नेपाल मगर महिला संघका अध्यक्ष हिरुसरा रानामगर र नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झविन्द्र पुनमगरले समेत आफ्नो विचार राखेका थिए ।

संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले कार्यक्रम समापन गर्दै भने, निरंकुश जहाँनिया राणा शासनको अन्त्यका लागि र नेपाली समाजको विविधता अनुसारको शासकीय प्रणाली स्थापना गराउन आफ्नै नेतृत्वमा सैनिक फौज समेत तयार गरि बिद्रोह गरेका श्रद्धेय लखन थापामगरलाई नेपाल सरकारले सहिद घोषणा गर्न आनाकानी ग¥यो । नेपाली जनताको स्वतन्त्रताका लागि बिद्रोह गरेको लखन थापामगरलाई बहुदलिय प्रजातन्त्र आउदा समेत पनि सहिद घोषणा गर्न सकेन । दुखद कुरा नै भन्नु पर्दछ नेपाल मगर संघले आन्दोलन संघर्ष गर्दै निरन्तर दवाव दिदा नेपाल सरकारले बि.स. २०५६ सालमा उनले सहादत प्राप्त गरेको १२३ वर्ष पछि बल्ल सहिद घोषणा गर्न बाध्ये भयो । फेरी नेपाल मगर संघले आन्दोलन र संघर्षले गर्दा लखनले बिरगति प्राप्त गरेको १३९ वर्ष पछि बि.स.२०७२ साल असोज ३ गते नेपाल सरकारले नेपालको प्रथम सहिद घोषणा गर्न बाध्य भयो । तर देशको प्रथम शहिदलाई आम जनतामाझ चिनाउने र नेपालमा आम जनताको पक्षमा न्याय र समानता स्थापना गर्नका लागि उहाँले गर्नु भएको संघर्षका प्रयासहरु साथै बलिदानीको जानकारी गराउने सन्दर्भमा राज्यले गैर जिम्मेवार बनिरहेको छ । देशको प्रथम शहिदप्रति राज्यको हदैसम्मको उदासिनता खेदजनक छ ।

जनता र देशको उचित राज्य व्यवस्था, जनताको न्याय–समानता एवं मुक्तिका लागि लड्नु भएका प्रथम शहिदलाई अमर बनाइराख्नु हरेक नेपालीहरुको कर्तव्य हो । नेपालका प्रथम शहिद लखन थापा मगरलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ । यसका साथै जयसिं चुमीमगर लगायतका सातजना समकालिन शहिद एवं महान सपुतहरुलाई पनि राज्यले शहिद घोषणा गरी उचित सम्मान दिन जरुरी छ । विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यक्रममा प्रथम शहिदका बारेमा पठनपाठन गराईनु पर्दछ । प्रथम शहिदको सम्मानमा सरकारी स्तरको प्रतिष्ठानको स्थापना गरिनुपर्दछ । नेपाल सरकारले मान्ने सहिद सप्ताह फागुन २ गतदेखि शुरु गर्नुपर्ने र फागनु २ मा सार्वजनिक विदा दिनुपर्ने न्यायोचित माग मुद्दाहरुलाई तुरुन्तै सम्बोधन गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दै भने अन्यथा राज्यको बिरुद्धमा संघर्ष गर्नुको बिकल्प हामीसंग नहुने बताए ।

घोराही, दाङ
नेपाल मगर संघ दाङको आयोजनामा दाङको घोराहीमा स्थित लखन पार्कमा रहेको प्रथम सहिद लखन थापामगरका अर्धकद्को शालिकलाई प्रतिस्थापन गरी पूर्णकदकोे शालिकलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अनावरण गरी लखन थापाको १४६ स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

लखन थापामगरको अर्धकद्को शालिक प्रतिस्थापन गरी ६ फिटको पूर्णकद्को ढलौट शालिक निर्माण गर्न लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालयबाट १५ लाख, घोराही उपनगरपालिकाबाट २ लाख, वडा नं.१४ बाट १ लाख ५० हजार र अन्य विभिन्न सहयोगीहरुबाट ४ लाख २९ हजार ६ सय ८ रुपैया गरी जम्मा १८ लाख ९२ हजार ६ सय ८ रुपैया लागतमा शालिक निर्माण गरिएको शालिक निर्माण समितिका संयोजक खलु पुनमगरले जानकारी दिए ।
कार्यक्रममा नेपाल मगर संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगर, उपमहासचिव सावित्री रानामगर र केन्द्रीय सदस्य (दाङ जिल्ला ईन्चार्ज) सितलाल पुनमगरको उपस्थिति रहेको थियो ।
कास्की, पोखरा
नेपाल मगर संघ, कास्कीले पोखराको लखन चोकमा रहेको सहिदको शालिकमा माल्र्यापर्ण गरेर गण्डकी प्रदेशका गृहमन्त्री रोशन गाहा मगर र नेपाल मगर संघ, गण्डकी प्रदेशका अध्यष सिद्धान्त जर्गामगरको विशिष्ट आतिथ्यतामा सम्पन्न गरेको छ । साथै फागुन २ गते साँझ लखन चोकमा नेपाल मगर संघ र नेपाल विद्यार्थीहरुले दिपप्रज्वलन समेत गरेको छ ।

मकवानपुर
नेपाल मगर संघ, मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नं. १२मा रहेको प्रथम शहिद क्या.लखन थापामगरको स्मृति बाटिका रहेको लखन थापामगरको शालिकमा माल्र्यापण गरेको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा र विशिष्ट अतिथि नेपाल मगर संघका सह–अध्यक्ष गंगाबहादुर थापामगर र उपप्रमुख राजेश बानियाको विशिष्ट आतिथ्यतामा सम्पन्न गरेको छ । 
साथै फागुन १ गते साझ लखन स्मृति दिवसको पुर्वसन्ध्यामा दिपप्रज्वलन समेत गरिएको थियो ।

रुपन्देही, बुटवल
नेपाल मगर संघ रुपन्देही र प्रथम सहिद लखन थापमगर अक्षय कोष २०५६ को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर (बसन्त)ज्यूको प्रमुख आतिथ्यता र संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टामगरको विशेष आतिथ्यतामा बुटवल लखन चोकमा रहेको लखन थापामगरको शालिकमा माल्यार्णपण गरी प्रथम सहिद लखन थापामगरको १४६औं स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघले स्मृति दिवसको अवसरमा आयोजित क्याम्पस स्तरीय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार समेत वितरण गरेको छ । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष गिता सारुमगर, उपमहासचिव कमला थापामगर, उपमहासचिव विष्णुथापामगर र नगर प्रमुख खिलराज पाण्डे र विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
सुर्खेत
नेपाल मगर संघ, सुर्खेतले नेपालका प्रथम सहिद लखन थापामगरको १४६औं स्मृति दिवसको अवसर पारेर जिल्ला स्तरीय तीनदिने ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेकोछ ।

लेकबेसी गाउँपालिकाका अध्यक्ष दिनेश पौडेलका प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका केन्द्रीय सचिव आँसुराम सोमैमगर, कर्णाली प्रदेश अध्यक्ष रत्न गाहा मगरको उपस्थिति रहेको थियो । नेपाल मगर संघ सुर्खेतका अध्यक्ष दिल बहादुर बंशीमगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएका थियो ।
गोर्खा
नेपाल मगर संघ, गोर्खा र नेपाल मगर विद्यार्थी संघ गोर्खाको संयुक्त आयोजनामा प्रथम सहिद क्या.लखन थापामगरको १४६औं स्मृति दिवस गोरखा सदरमुकामको लखनचोकमा रहेको लखन थापामगरको शालिकका माल्यार्पण गरी संघका पूर्व सहकोषाध्यक्ष तथा गोखा नगरपालिकाका प्रमुख कृष्ण थापामगरको प्रमुख आतिथ्यता संघका केन्द्रीय सदस्य विशिष्ट आतिथ्यतामा सम्पन्न गरको छ ।

त्यस्तै सहिद लखन गाउँपालिकाले गोरखाका अध्यक्ष रमेश बाबु थापामगरको अध्यक्षतामा बुकोटमा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यितामा विभिन्न कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।
नुवाकोट
नेपाल मगर संघ नुवाकोटले संघको कार्यालय विदुरमा संघका केन्द्रीय सदस्य भगवान रानामगरले प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष रामकृष्ण थापामगरको सभापतित्वमा फोटोमा माल्र्यापण गर्दै छलफल अन्तक्र्रिया गरी कार्यक्रम सम्पन्न गरेको छ ।

कैलाली
नेपाल मगर संघ, कैलालीले प्रथम सहिद क्या.लखन थापामगरको १४६औं स्मृति दिवस विकेन्द्रित रुपमा प्रत्येक पालिकाहरुलाई आआफ्नो ठाउँमा मनाउने निर्णय गरे बमोजिम विभिन्न पालिकामा स्मृति दिवस सम्पन्न भएको छ । जानकी गाउँपालिकामा संघको केन्द्रीय सचिव विन्द्रा पुलामीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपाल मगर संघ, गोदावरी (कैलाली)को आयोजनाको आयोजनामा अत्तरिया, कैलालीमा नेपाल मगर संघ सुदूरपश्चिमका प्रदेश अध्यक्ष कमलबहादुर पुनमगरको प्रमुख आतिथ्यता र आदिवासी जनजाति महासंघ कैलालीका बरिष्ठ उपाध्यक्ष शक्तिप्रसाद श्रीस मगरेको विशिष्ट आथित्यतामा प्रथम शहिद लखन थापामगरको १४६ औं स्मृति दिवस सम्पन्न गरेकोछ । त्यस्तै धनगढीमा नेपाल मगर विद्यार्थी संघले संघका बरिष्ठ उपाध्यक्ष राजु पुनमगरको प्रमुख आतिथ्यतामा धनगढी पार्कमोडमा दिप प्रज्वलन गरी मनाएको छ ।
माईतीघर, काठमाडौं ।
नेपाल मगर विद्यार्थी संघ, ललितपुर र पाटन क्याम्पस समितिको संयुक्त आयोजनामा काठमाडौं उपत्यका रहेका मगर विद्यार्थीहरुको उपस्थितिमा विद्यार्थी संघका केन्द्रीय अध्यक्ष चित्र पुलामीमगरको प्रमुख आतिथ्यतामा र महासचिव चन्द्रबहादुर थापामगरको विशिष्ट आतिथ्यतामा माईतघर मण्डलामा दिप प्रज्वलन गरेर लखन थापामगरको १४६औं स्मृति दिवस मनाएको छ ।

कंचनपुर
नेपालका प्रथम सहिद क्या.लखन थापा मगरको १४६औं स्मृति दिवसको अवसरमा बुद्ध बिहार केन्द्र दोधारा चादनी नगरपालिका ७, कंचनपुरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति कंचनपुरले नेपाल मगर संघ दोधारा चादनी नगर समितिको सहकार्यमा प्रदेश सभा सदस्य माननीय श्री बेल बहादुर राना मगरको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरी मनाएको छ । दिपप्रज्वलनमा दोदोधारा चादनीकाु प्रमुख श्री किशोर कुमार लिम्बू, उपप्रमुख श्री गंगादेवि जोशी, वडा नम्बर ७ अध्यक्ष श्री ज्ञानेन्द्र क्षेत्री, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष श्री डम्मर गुरुङको उपस्थिति रहेको थियो ।

डडेल्धुरा
नेपालका प्रथम सहिद क्या।लखन थापा मगरको १४६औं स्मृति दिवसको अवसरमा आलिताल, डोला डडेल्धुरामा संघका जिल्ला अध्यक्ष राम बहादुर जर्घामगरको अध्यक्षतमा सम्पन्न भएकोछ ।

नोट: अरु जिल्लाहरुबाट आउन बाकी छ, आएपछि अपडेट गरिनेछ ।