Skip to content

नेपाल मगर संघ बागमतीको दोस्रो प्रदेश अधिवेशन चितवनमा सम्पन्न हुने

चैत्र ४, काठमाडौं । नेपाल मगर संघ बामगतीको दोस्रो प्रदेश अधिवेशन २०८० बैशाख ३० र ३१ चितवनमा सम्पन्न हुने भएको छ । नेपाल मगर संघको मूलघर कलंकीमा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बागमती प्रदेशबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेशअन्तर्गतका जिल्लाका अध्यक्ष र सचिव तथा प्रतिनिधिहरु, भ्रातृसंस्थाका पदाधिकारीहरु सहितको संयुक्त बैठकले प्रदेश समितिका अध्यक्ष राजकुमार थापामगरलाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ ।


सहसंयोजकमा उपाध्यक्ष सुरेन्द्र थापामगर र सचिव मिलन थापामगर रहेका छन् । आयोजक समितिको सदस्यहरुमा प्रथम अधिवेशनबाट निर्वाचित सबै प्रदेश सदस्यहरु, बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला अध्यक्षहरु र बामगती प्रदेश स्तरीय भ्रातृ संस्थाका अध्यक्षहरु रहने निर्णय गरिएको छ ।


प्रतिनिधि व्यवस्थापन समितिको संयोजक मिलन थापामगर, सदस्यहरुमा खेम जर्गामगर, रामकुमार मगर, ईश्वर पल्लीमगर र सबै जिल्लाका सचिवहरु रहने छन् । त्यस्तै आर्थिक समितिको संयोजक काशीमाया रानामगर, सदस्यहरुमा देव रानामगर, जितबहादुर सारुमगर र सबै जिल्लाका कोषाध्यक्षहरु रहने भएका छन् ।


अधिवेशन मूल व्यवस्थापन समितिमा चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरलाई संयोजकको जिम्मेवारी दिएकोछ, सदस्यहरुमा चितवन जिल्लाका पदाधिकारी तथा सदस्यहरु, भ्रातृ संस्थाका पदाधिकारीहरु र बागमती प्रदेश अन्तर्गगतका सबैजिल्लाका उपाध्यक्ष सहित सबै पदाधिकारीहरु जिम्मेवारी दिइएको छ ।


संघका अध्यक्ष राजकुमार थापामगरको अध्यक्षता सम्पन्न संयुक्त बैठक उपाध्यक्ष सुरेन्द्र थापामगरको स्वागत मन्तव्यबाट शुरु भएको थियो, बामगती प्रदेशका इन्चार्ज तथा केन्द्रीय प्रशासन उपमहासचिव एकु थापामगरले संयुक्त बैठक बस्नुको औचित्यता बारे प्रकाश पार्नु भएको थियो । संघका महासचिव टेकबहादुर नामजालीमगरले बामगती प्रदेशको विवाद समाधानका लागि केन्द्रबाट गरिएका पहल र प्रयासहरुको बारेमा जानकारी गराएका थिए । सचिव मिलन थापामगरले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *