नेपाल मगर संघ, बैदेशिक शाखा कुवेतद्वारा स्वास्थ्य उपचार सहयोगका लागि संकलित रकम नेपाल मगर संघ, केन्द्रीय समितिले हस्तान्तरण गरेको छ । कुवेत शाखाद्वारा पठाइएको रु. ६३ हजार ८ सय ४८ रुपैया मध्ये नवलपरासी जिल्ला निवासी क्यान्सर रोगबाट ग्रसित तारा बहादुर बराईमगरलाई रु.४८,८५० र स्याङ्जा जिल्ला निवासी ब्लड क्यान्सर पीडित अञ्जली थापामगरलाई रु. १५,००० प्रदान गरिएकोछ । सहयोगी बैदेशिक शाखा कुवेतप्रति नेपाल मगर संघ, केन्द्रीय समितिद्वारा हार्दिक धन्यवाद ज्ञापन गर्दै विरामीको शिघ्र स्वाथ्यलाभको कामना गरिएकोछ ।